चैत १३,२०७८
चितवन – आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले जारि गरेको सूचना अनुसार चितवन जिल्लाको मुख्य निर्वाचन अधिकृतमा चितवनका न्यायाधीश हेमन्त रावल रहेका छन। उनले भरतपुर महानगर लगायत चितवन जिल्ला हेर्नेछन।
अन्य निर्वाचन अधिकृतहरुमा चितवन जिल्ला अदालतका स्रेतेदार ईश्वरी आचार्यलाइ इच्छाकामना गाउँपालिकाको जिम्मेवारी दिइएको छ। यता कालिका नगरपालिकामा जिल्ला सरकारी वोकिल कार्यालय चितवनका जिल्ला न्यायाधिबक्ता महेश प्रसाद खत्रीलाइ तोकिएको छ। खैरेनी नगरपालिकामा सरस्वती पौडेललाइ जिम्मेवारी दिइएको छ। उनी मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्याल बागमतीकी उपसचिव हुन।
माडि नगरपालिकामा चुडामणि शर्मा गौतमलाइ आयोगले निर्वाचन अधिकृत तोकेको छ।गौतम जिल्ला समन्य समिति चितवनका समन्वय अधिकारी हुन। रत्ननगर नगरलालिकामा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिब बिनोद कुमार गौतमलाइ जिम्मेवारी दिइएको छ। भने राप्ती नगरपालिका क्षेत्रको लागि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिब प्रसाद रिजाललाइ आयोगले निर्वाचन अधिकृत तोकेको छ।
सात जना मध्ये पाँच जना जिल्ला भित्रका रहेका छन भने दुई जना बाहिरका हुन।
आगामी चैत २९ देखि जिम्मेवारी लागू हुनेगरी न्यायाधीश लगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ ।
यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८