• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा म्यादी छनोट प्रक्रिया चैत १५ गते देखि सुरु

  • खबरदाता

चितवनमा म्यादी छनोट प्रक्रिया चैत १५ गते देखि सुरु

 

चैत १३,२०७८

 

चितवन -जिल्लामा म्यादी प्रहरीमा दर्खास्त दिनेहरुको छनोट प्रक्रिय यही चैत १५ देखि १८ गते सम्म हुने भएको छ।

बिशाल चोक स्थित वीरेन्द्र क्याम्पसको साइन्स भवनको हाता भित्र रहेको ९ बिघा क्षेत्रफलको चौरमा दैनिक दुई चरणमा गरेर परीक्षा हुने चितवन प्रहरीले जनाएको छ । बिहान ७ र दिउँसो १ गरि परिक्षा दुई सिफ्टमा हुने छ।

चितवन प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘परीक्षामा सहभागी हुनेले सक्कलै नागरिकताको प्रमाणपत्र र प्रवेशपत्रको साथमा परीक्षा सुरु हुनुभन्दा ४५ मिनेट अगावै उपस्थित हुन अनुरोध गरिएको छ । चितवनमा म्यादी प्रहरीको माग भन्दा तीन गुणाबढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो ।

निर्धारित समय चैत ११ गतेसम्म चार हजार ३३ पुरूष र एक हजार ४३३ महिला गरी जम्मा पाँच हजार ४६६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले म्यादी प्रहरीका लागि फाराम भरेका छन् । आवेदन दिएर छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । म्यादी प्रहरीले तलब, पोसाक भत्ता, अन्य सामग्री खरिदका लागि ४० दिनको ४४ हजार ४४० रूपैयाँ पाउनेछन् ।

  • प्रकाशित मिति : चैत १३, २०७८, आइतवार १४:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८