• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रिय शक्ति नेपालमा कार्यकर्ता प्रवेशको लहड

  • खबरदाता

राष्ट्रिय शक्ति नेपालमा कार्यकर्ता प्रवेशको लहड

 

चैत १३,२०७८

चितवन -चितवनमा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गर्नेको लहड चल्न थालेको छ।

शनिबार जिल्लाको क्षेत्र नम्बर २ ले भरतपुरमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३० जना राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेका हुन।

कार्यक्रममा बोल्दै प्रभु श्री कलाकेन्द्र प्रोडक्सन प्रालिका प्रबन्धक लक्ष्मण नेपालले अबका दिनमा रास्ट्रबादि शक्ति एक हुनु पर्ने महशुस गर्दै आफु प्रवेश गरेको बताए । प्रवेशकै क्रममा अधिवक्ता देबेन्द्र न्यौपानेले अन्य राजनैतिक पार्टीलाइ लामो समय सम्म हेर्दा पनि केहि गर्न नसकेकोले राष्ट्रिय शक्ति नेपालमा प्रवेश गर्नुको विकल्प आफुहरुसंग नरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता तथा चितवन जिल्ला संयोजक कृष्ण लामाले नव प्रबेशिलाई टीका लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपम अभियानका केन्द्रीय प्रतिनिधि केशब जङ्ग थापा, चितवन जिल्ला ईन्चार्ज जीवन लामाले सम्बोधन गरेका थिए। पार्टीका जेष्ठ नागरिक इन्चार्ज मोहन तिवारीले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रम क्षेत्रीय सचिव झलकराज पौडेलले सन्चालन गरेका थिए।

कार्यक्रम जिल्ला सदस्य समीर श्रेष्ठलेको अध्यक्षतामा भएको थियो ।

  • प्रकाशित मिति : चैत १३, २०७८, आइतवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८