• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उत्कृष्ट कार्य गर्ने लायनहरुलाइ सम्मान गर्दै क्याबिनेट बैठक सम्पन्न

  • खबरदाता

उत्कृष्ट कार्य गर्ने लायनहरुलाइ सम्मान गर्दै क्याबिनेट बैठक सम्पन्न

 

चैत १२,२०७८

चितवन – लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनको सौराहामा शनिवार सम्पन्न भएको छ ।

पहिलोे दिनको बैठकमा डिष्ट्रिकका जोन तथा रिजोन चेयरपर्सन तथा क्याबिनेट अफिर्ससहरुले आ–आफ्नो क्षेत्रमा भएका मानबिय एवं सामाजिक कार्यको प्रगती बिबरण तथा भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

आजको बैठकले डिष्ट्रिक सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष लायन नारायणप्रसाद शर्माद्धारा प्रस्तुत सचिब तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । बैठकका अवसरमा उत्कृष्ट कार्यगर्ने क्लबका अध्यक्ष एवं पदाधिकारीहरु, जोन तथा रिजोन चेयरपर्सनहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा हिरो अफ द क्याबिनेटको रुपमा दिपेन्द्र खतिवडालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य गर्ने २० जना क्याबिनेट अफिर्ससहरुलाई समेत बिशेष सम्मान गरिएको थियो भने सामाजिक कार्यमा सर्मपित लायनहरुलाई गर्भनर मेडल तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।

लायन्स अन्तरास्ट्रियको नियम अनुसार हरेक ३/३ महिनामा डिष्ट्रिकको क्याबिनेट बैठक सम्पन्न हुने गर्दछ । बैठकमा उक्त अबधिमा भएका कार्यहरुको संमिक्षा गर्दै आगामी महिनाहरुका लागि योजना निमार्ण गर्ने गरिन्छ । कार्यक्रममा डिष्ट्रिकका पुर्व डिष्ट्रिक गर्भनरहरु लायन राजकूमार श्रेष्ठ, अनुपकुमार पहारी एवं लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ भबिश्वर पाण्डे बिश्वेश्वर आचार्यले सम्बोधन गरेका थिए । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का प्रथम भाईस डिष्ट्रिक गर्भनर सि।बि।चन्द, द्धितिय भाईस डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, क्याबिनेटका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । डिष्ट्रिकका सचिब प्रभाकर पण्डिका अनुसार सो क्याबिनेट बैठकमा १हजार जना लायनहरुको सहभागिता रहेको थियो । लायन्सको डिष्ट्रिक ३२५ बी २ ले काठमाडौं हुदै बिरंगज, हेटौडा, नारयणगढ हुदै पश्चिम महेन्द्रनगर सम्मको क्षेत्र ओगटेको छ ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न सो क्याबिनेट बैठकको आयोजना चितवन तथा नवलपुरका लायन्स क्लबहरुले सयुक्त रुपमा गरेका हुन ।

  • प्रकाशित मिति : चैत १२, २०७८, शनिवार २१:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८