• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रिय महिला लिग बिहिवारदेखि भरतपुरमा हुँदै

  • खबरदाता

राष्ट्रिय महिला लिग बिहिवारदेखि भरतपुरमा हुँदै

 

चैत ९,२०७८

चितवन – दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग बिहीबारदेखि चितवनको भरतपुरमा हुँदैछ ।

लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नेछन् ।

बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका हुन।

डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेलहरु भने बिराटनगरमा हुनेछन ।

प्रत्येक दिन दुई खेल खेलाइने तर उद्घाटनको दिन भने एक खेल मात्रै हुने आयोजकले बताए । यसका लागि मैदानमा अस्थाई प्याराफिट बनाईएको छ । यस पटक लिगमा तीन बिभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल ९एपिएफ० सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछ ।

उद्घाटन खेलमा साबिक विजेता एपिएफ र साबिक उपबिजेता त्रिभुवन आर्मी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।

तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०(५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

सबै टिमलाई तयारीका लागि दश दिने एन्फाकी केन्द्रीय सदस्य पेमा लामाले जानकारी दिईन् । लिग सम्पन्न गर्नका लागि दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ । खेल हेर्नका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । उद्घाटनको दिन भने निस्शुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

प्री म्याच कन्फ्रेन्समा कसले के भने ?

महिला लिगको पहिलो खेलमा एपिएफ र आर्मी भिड्दैछ । एपिएफले पहिलो खेलमा आफ्नो मुख्य खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई आराम दिने सम्भावना बढी छ ।

खेल अघिको प्री म्याच कन्फ्रेन्समा एपिएफकी प्रशिक्षक जमुना गुरुङले सावित्रा खेल्नका लागि फिट रहेको बताईन् । तर गुरुङले पहिलो खेलमा भने उनलाई आराम दिने संकेत गरिन् । लिगमा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रिने उनको भनाइ थियो ।

आर्मीका मुख्य प्रशिक्षक चक्र तामाङले टिमका ११ खेलाडी नै महत्वपूर्ण रहेको बताए । भोलि तीन अंकका लागि मैदान उत्रिने उनको भनाइ थियो ।

  • प्रकाशित मिति : चैत ९, २०७८, बुधवार २०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८