• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चीनमा विमान दुर्घटना : १३२ जनानै जीवित भेटिएनन्

  • एजेन्सी

चीनमा विमान दुर्घटना : १३२ जनानै जीवित भेटिएनन्

चैत ९, २०७८

चीनको दक्षिणी पहाडी क्षेत्रमा भएको विमान दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको उद्धारकर्मीले बताएका छन् ।

अनुसन्धानबाट पनि अहिलेसम्म १३२ जना सवार विमान किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन ।

गएको सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको थियो ।

१२३ जना यात्रु र चालकदलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो । स्थानीय बासिन्दाले विमान सिधै तल खसेको देखेको बताएका थिए ।

८ हजार ८६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको हो । त्यसका कारण वन क्षेत्रमा आगलागी समेत भएको थियो ।

युनान प्रान्तको कुनमिङबाट स्थानीय समय अनुसार दिउँसो सवा १ बजेतिर उडान भरेको विमान दिउँसो ३ बजेर सात मिनेट जाँदा ग्वान्झाउ पुग्ने तालिका थियो । तर बिचै विमान दुर्घटनामा परेको हो ।

 

  • प्रकाशित मिति : चैत ९, २०७८, बुधवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८