चैत ८,२०७८
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसंगै सत्तारूढ गठबन्धनभित्र तालमेल गर्ने बारे छलफल सुरु भएको छ।
मंगलबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा पनि स्थानीय निर्वाचनमा केकसरी सहकार्य गरेर जाने भन्ने विषय छलफल भएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच चुनावी सहकार्यबारे छलफल भएको हो।
मुख्यगरी ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जानुपर्नेमा दलहरू छन्।
कांग्रेसले चैत ११ मा केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा स्थानीय चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्ने पक्षमा सभापति देउवा छन्।
पार्टीभित्र शेखर कोइराला पक्ष चुनावी गठबन्धनमा देखिएको छैन। तर कोइरालाले कम्युनिष्टहरू मिल्ने हुन् कि भन्ने चिन्ता कांग्रेसमा रहेको बताउने गरेका छन्।
माओवादी र एकीकृत समाजवादीले चुनावी गठबन्धनबारे छिटो निर्णय लिनुपर्ने बताइरहेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८