चैत ७,२०७८
चीनको ग्वाङ्सी क्षेत्रमा भएको विमान दुर्घटनामा सबै१३२ यात्रुको मृत्यु भएको आशंका गरिएको छ।
सोमबार दिउँसो १स्१० बजे चाइना इस्टर्नको विमान बोइङ ७३७–८०० दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
तर दुर्घटनामा भएको क्षतिबारे भने आधिकारिक पुष्टि भएको छैन।
साउथ चाइना मर्निङ पोस्टका अनुसार विमानमा १३२ जना यात्रु सवार थिए। विमान दुर्घटना भएपछि पहाडमा धुवाको मुस्लो देखिएको थियो।
विमान दुर्घटना भएको सात घण्टासम्म पनि कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन। विमानमा १२३ यात्रु तथा ९ जना चालक दलका सदस्य रहेको बताइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८