• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सनराइजको चित्रकला प्रदर्सनी , अङकुरम एकेडेमी प्रथम

  • खबरदाता

सनराइजको चित्रकला प्रदर्सनी , अङकुरम एकेडेमी प्रथम

 

चैत ७,२०७८

चितवन – सनराइज इङलिस स्कुलले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रदर्शनीमा अङकुरम एकेडेमी प्रथम भएको छ।

बिद्यालयको बहुउद्देश्यीय सभाहलमा आइतबार गरिएको उक्त प्रदर्शनीमा जिल्लाका विभिन्न बिद्यालयका ५६ जना सहभागी रहेका थिए।

जुनियर र सिनियर गरि दुई बिधामा सम्पन्न सो प्रदर्शनीमा मनशिक्षा मन्दिर दोस्रो र अर्किड स्कुलले तेस्रो स्थान हासिल गरेका थिए। यता जुनियर तर्फको प्रतियोगिताको प्रथममा अङकुरम एकेडेमीनै भएको थियो भने दोस्रो र तेस्रोमा क्रमश ओम शान्ति एकेडेमी र स्मल हेभेन मोडेल भएका थिए।

बिद्यालयका प्रिन्सिपल शिब कुमार बगालेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सनराइज स्कुल प्रालिका अध्यक्ष हेमराज शर्मा रहेका थिए। कार्यक्रम स्कुलका सह प्राचार्य भुमि राज तिवारीले गरेका थिए।

  • प्रकाशित मिति : चैत ७, २०७८, सोमवार १७:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८