• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोरङको लेटाङमा अनिश्चितकालिन निषेधाज्ञा

  • खबरदाता

मोरङको लेटाङमा अनिश्चितकालिन निषेधाज्ञा

 

चैत ७,२०७८

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा निषेधाज्ञा लगाएको छ।

स्थानीय र प्रहरीबिच झडप भएर एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरिएको हो । अर्को सूचना जारी नभएसम्म बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको छ ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भिर घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि लेटाङमा निषेधाज्ञा जारी गरिएको हो ।

  • प्रकाशित मिति : चैत ७, २०७८, सोमवार ०९:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८