• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

मूल्यवृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलन

  • खबरदाता

मूल्यवृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलन

 

चैत ६,२०७८

चितवन – निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो ।

सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिडले असहज भएको निर्माण व्यवसायीमा मूल्यवृद्धिले झनै ठूलो प्रभाव पारेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ “मूल्यवृद्धि समायोजन गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने हाम्रो इच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछौंँ ।”

सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ । आफ्ना मागहरु पूरा नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ । फलामजन्य सामग्री, सिमेन्ट, बिटुमिन, इन्धन, इँट्टालगायत नदीजन्य निर्माण सामग्रीको मूल्यवृद्धिसँगै अभाव सिर्जना गरिएको व्यवसायीहरुले जनाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले व्यवसायीको माग जायज रहेको र ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्‍याउने बताए ।

  • प्रकाशित मिति : चैत ६, २०७८, आइतवार २०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८