• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सगोत्रीनै भएको हुनाले माओवादीसंग पनि चुनावी तालमेल हुन सक्छ : एमाले नेता ढकाल

  • केपी शर्मा

सगोत्रीनै भएको हुनाले माओवादीसंग पनि चुनावी तालमेल हुन सक्छ : एमाले नेता ढकाल

काङ्ग्रेस र माओवादीकोसंग सानो ठुलो तालमेल गरेर भएपनि माधव कुमार नेपालको एकीकृत समाजबादि पार्टीलाइ स्थानिय चुनावमा पत्तासाफ गराउने मुख्य उदेश्य एमालेको रहेको देखिन्छ ।

चैत ५,२०७८

चितवन -पुर्ब स्वास्थ्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी चुनाबमा माओवादीसंग पनि चुनावी तालमेल हुन सक्ने बताएका छन।

प्रेस चौतारी नेपालले चितवनले भरतपुर आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले आबश्यकता अनुसार नेकपा माओवादीसंग पनि एमाले चुनाबी तालमेल गर्न सक्ने बताएका हुन।

सत्ता गठबन्धनले चलाएको भएपनि अहिलेको परिस्थितिमा एमाले देशकै शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने अफ्ठेरो बेलामा एमाले चाहिन्छ भनेर कसैले सम्झिनेकुरालाइ हामीले सकारात्मक रुपमा लिएका छौं। माओवादी बैधानिक पार्टीनै भएकाले चुनावमा कहिँ कतै सहकार्य हुन सक्छ। तर त्यसका लागि उसले गठबन्धन छोडेर आउनु पर्छ ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेसले धेरै हेप्यो भने एमालेसंग सहकार्य गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति लक्षित हुँदै ढकालले भने , ‘बिहे गरेर गएकी छोरी तिजमा आएर बिलौना गाएजस्तै उहाँलाइ काङ्ग्रेसले हेप्यो भने बामपंथीको नाताले र एक किसिमको सगोत्रि सम्झेर कहिँ कतै कुरा मिलाउन सकिन्छ ।’

एमाले सधै जनादेशको पक्षमा रहेको हुनाले संसद विघटन गरेको र अहिले सम्म पनि त्यसैको पक्षमा रहेको उनले बताए । अहिले पनि आफ्नो पार्टीले जनादेशमा जानलाइ गरेको निर्णय प्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो।

चुनाब चिन्हमा मसि परिबर्तन गर्नु र चुनावमा जान जनप्रतिनिधिले राजिनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय एमालेको बिरुद्धमा रहेको उनले जिकिर गरे। सबै जनप्रतिनिधिलाइ राजिनामा गर्न लगाउने र कथमकदाचित चुनाव नभए स्थानीय तह जनप्रतिनिधि बिहिन बनाउने तर्फ सरकारलागेको उनको आरोप थियो। गठबन्धन सरकारले गर्न खोजे जस्तै जनप्रतिनिधि बिहिन बनाएर चुनाबमा जाने प्रक्रिया अपनाउने हो भने अर्को खिलराज खोज्नु पर्ने परिस्थिति हुन सक्ने उनको भनाइ थियो। यदि बैशाख अन्तिममा चुनाव नगरिए एमाले लगायतका भातृ संगठनले सडक आन्दोलन गरेर भएपनि सम्बिधानको रक्षा गरिने उनले बताए।

आउँदो चुनाब पछि देशमा एमाले र काङ्ग्रेस सहितको दुइ कित्ताको मात्र राजनीति हुने उनले बताए ।त्यसैले काङ्ग्रेससंग पनि कहिँ कतै तालमेल हुन सक्ने ढकालको धारणा थियो।

जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि एमाले चुनाबमा जाने र सबै भन्दा ठुलो पार्टी हुने उनको दाबि थियो।

  • प्रकाशित मिति : चैत ५, २०७८, शनिवार ११:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८