• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

होली मनाउन खनाल पुगे सिद्धि , २३५ चेपाङ काङ्ग्रेसमा प्रवेश

  • खबरदाता

होली मनाउन खनाल पुगे सिद्धि , २३५ चेपाङ काङ्ग्रेसमा प्रवेश

 

चैत ३,२०७८

चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले यस पटकको होलि सिद्धिका चेपाङ समुदायसंग मनाएका छन । आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो इच्छा बल्ल आज पूरा भएको छ खनालले भने,दुखी गरिब सग चाडपर्व मनाउन पाउँदा म ज्यादै खुशी छु ।

यसैबीच कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔँ अभियान अन्तर्गत कालिका नगरपालिकाको वडा नं ११ मा भएको होलि पर्वमा दुई सय ३५ जना कांग्रेसमा प्रबेश गरेका छन । बिहिवार भएको वडा भेलामा उनीहरु एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेको नेपाली काङ्ग्रेसका निबर्तमान सभापति जितनारायण श्रेष्ठले बताए ।

आफूहरु बिगत लामो समयदेखि एमाले छाडेर काङ्ग्रेसमा आउन खोजिरहेको बताउदै उनीहरुले अहिले उचित समय आएकोले काङ्ग्रेसमा प्रवेश गरेको बताएका हुन । खनाल जिल्ला सभापति बनेका कारण कांग्रेसमा आशा जागेको भन्दै पार्टी प्रवेश गरेको एक चेपाङले बताए । प्रवेश गर्नेहरु सबै चेपाङ समुदायका रहेका छ्न ।

कार्यक्रममा जिल्ला सभापती राजेश्वर खनाल, सचिब सुर्य अर्याल, धुर्व पोख्रेल, निवर्तमान पार्टी सभापती जितनारायण श्रेष्ठ, महासमिति सदस्य सरोज गुरुङ, महाधिवेशन प्रतिनिधि कृष्ण भुजेल, नरजंग प्रजा महेन्द्र, टंक पौडेल, क्षेत्र नम्बर दुइ ९क० का प्रदेश सभापति जनार्दन दाहाल, कालिकाका नगर सभापति दिपेश्वर केसि, नेताहरु कमल आचार्य, शिबराम केसि, लिला गुरुङ, कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियोे ।

  • प्रकाशित मिति : चैत ३, २०७८, बिहीवार २१:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८