चैत ३, २०७८
शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय मुलुकका अन्दाजी १८/२० वर्षीय रकिव अख्तर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
युवकको बिहिबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरिएको र हाल प्रहरीले घटनास्थल र शवको मुचुल्का उठाउने काम गरिरहेको उनले बताए । घटनास्थलको प्रक्रिया सकेर शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइने उनको भनाई छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८