• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?

  • अन्य पत्रिका

होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?

 

चैत ३, २०७८

बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ ।

छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भने, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ ।” त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ ।

यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन । होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्दछ । यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्न नहुने कर्णले जानकारी दिए । उनका अनुसार, रङ निकाल्न छाला बेस्सरी रगड्नुहुँदैन ।

रङ गएन भने आत्तिएर छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्न नहुने उहाँको सुझाव छ । भगवान् विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : चैत ३, २०७८, बिहीवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८