चैत २,२०७८
गैंडाको आक्रमणबाट बच्नको लागि पोखरीमा हामफालेका सेनाका जवानको मृत्यु भएक छ।
चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा निकुञ्जको खड्ग दल गणमा कार्यरत खोटाङका २६ वर्षीय पवन कटुवाल रहेका छन।
कटुवाल सहितको सेनाको टोली निकुञ्जको कोर इलाकाको साइली माइली पोष्टबाट हुद्दा भोजबहादुर थापाको कमाण्डमा गस्तीमा खटिएका थिए।
बुधबार राति पौन ८ बजेतिर गैंडाले एक्कासी आक्रमण गर्न खोजेपछि उनी अतालिएर दलदले पोखरीमा हामफालेको डिएसपी अधिकारीले बताए।
घटनास्थल तथा लास जाँच मुचुल्का तयार गरि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८