• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

‘ग्ल्याम- अप नेपाल २०२२’ को दोस्रो संस्करण हुने

  • खबरदाता

‘ग्ल्याम- अप नेपाल २०२२’ को दोस्रो संस्करण हुने

 

चैत १,२०७८

चितवन – बी कम्पनीले चितवनमा ‘ग्ल्याम(अप नेपाल २०२२’ आयोजना गर्ने भएको छ ।

मंगलबार कम्पनीले पत्रकार सम्मेलन गर्दै चैत २५ र २६ गते भरतपुरमा ग्ल्याम(अप नेपालको दोस्रो संस्करण हुने जनाएको हो। यस अघि २०१८ मा पहिलो संस्करण आयोजना भएको थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे हुनेछ । यस्तै सौन्दर्यसँग सम्बन्धित केही स्टलहरु पनि रहने कम्पनीका अध्यक्ष बिमल पौडेलले जानकारी दिए । पहिलो दिन नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटियाले फेशन डिजाइनरहरुलाई वर्कसप मार्फत प्रशिक्षण दिनेछन् । रन वे तथा सौन्दर्यसँग सम्बन्धित प्रदर्शनी भने दोस्रो दिन चैत २६ गते हुनेछ ।

फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार बिगतमा हुँदै आएको ‘ग्ल्याम(अप नेपाल’ लाई यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको हो ।लामो समयदेखि मोडलिङ फिल्डमा रहेका ४५ भन्दा बढी मोडलहरु सहभागी हुने कम्पनीका निर्देशक बिनेश थापाले जानकारी दिए ।

मोडलहरुले डिजाइनरको ड्रेसमा ६० भन्दा बढी सिक्वेन्स प्रस्तुत गर्नेछन् । कार्यक्रम दुई हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको कम्पनीका निर्देशक अनिल घिमिरेले जानकारी दिए । यही कार्यक्रम कार्यक्रम मार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड पनि दिईने घिमिरेले बताए । अवार्डका लागि ई(सेवासँग सहकार्य गरेर भोटिङको व्यवस्था गरिने उनले बताए । कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुनेछन् ।

दोस्रो चरणको पत्रकार सम्मेलन मार्फत सहभागी हुने सेलिब्रेटीहरु बारे जानकारी दिईने उनले बताए । यो चितवनमा नै हुन लागेको फेशन र सौन्दर्यसँग सम्बन्धित ठूलो कार्यक्रम हो । ‘ग्ल्याम(अप नेपाल’ यस अघि नेपाल डायरिजले आयोजना गर्दै आएको थियो । नेपाल डायरिज, क्याराभान र ब्रोस सिस इन्टरटेनमेन्ट गाभिएर बी कम्पनी भएपछि ‘ग्ल्याम(अप नेपाल’ को रुपमा पहिलो कार्यक्रम हुन लागेको हो ।

  • प्रकाशित मिति : चैत १, २०७८, मंगलवार १७:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८