• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चक्रपथ विस्तार : चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी

  • अन्य पत्रिका

चक्रपथ विस्तार : चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी

 

फागुन ३०, २०७८

सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाउँदै त्यसपछि सडक विस्तारका लागि आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको हो ।

चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण सुरु हुन नसकेकोमा अब भने साइट क्लिअरको काम सम्पन्न गर्न लागेको उल्लेख गरेर पत्र लेख्न लागिएको हो ।

आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भू क्षेत्रमा दुईवटा विद्युत्को टावर हटाउनुपर्ने काम बाँकी रहेको जनाउँदै विद्युत् प्राधिकरणले दुई महिनाभित्र हटाइसक्ने पत्र पठाएकाले त्यसैको आधारमा दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाएर पत्र लेख्ने तयारी गरिएको बताएका छन् । उनले प्राधिकरणले डेढ दुई महिनाभित्र विद्युत्को टावर हटाइसक्ने जनाएको बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : फागुन ३०, २०७८, सोमवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८