• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्छ : चन्द्र ढकाल

  • खबरदाता

चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्छ : चन्द्र ढकाल

 

फागुन २८,२०७८

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चितवन संसारकै प्रसिद्ध पर्यटकिय स्थल बन्न सक्ने बताएका छन।

उद्योग वाणिज्य संघ चितवनको ५५ औं साधरणसभालाई सम्बोधन गर्दै उनले ब्यबसायी स्थानिय र स्थानीय सरकार एक भएर सहकार्य गरेमा यहाँको पर्यटन ब्यबसाय उच्च स्थानमा पुग्ने बताएका हुन।

यो क्षेत्रको पूर्वाधार विकास गर्न सके विश्वकै पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने उनको भनाइ थियो। चितवन पर्यटनको उच्च सम्भावना बोकेको जिल्ला भएकाले सोही अनुसारका योजनाहरुलाई प्राथमिकतामा पार्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड–१९ ले थला परेको अर्थब्यबस्था अलि सुधार हुने क्रममा रहेकै बेला युक्रेन युद्धका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाको उनले बताए । अहिले रुस र युक्रेनको युद्ध सुरु भए यता हरेक बस्तुको मुल्य आकाशिएको उनले बताए। यो परिस्थिति ब्यापारी र सरकार कसैले पनि नगरेको बताउँदै कसैलाइ पनि दोष नलगाइ सबै पक्ष जिम्मेवार हुनु पर्ने उनको भनाइ थियो।

महासंघका पूर्व कोषाध्यक्ष तथा उर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले वीरगञ्ज–काठ्माण्डौ रेल्वे योजनालाई छिटै कार्यान्वयनमा ल्याउनुपर्ने बताए । रेल्वे सेवा सञ्चालन भएमा इन्धन लगायतका अनावश्यक खर्चमा कमी आएर अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले अलपत्र परेको शक्तिखोर औद्योगिक क्षेत्रको योजनालाई छिटै काम थाल्न सरकारको ध्यानाकर्षण समेत गराए।

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी अभियानमा व्यवसायी लागे स्रोत जुटाउन सहज हुने बताए । चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले अर्थतन्त्रलाई सुधार गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले सार्वजनिक र नीजि साझेदारीको अभ्यासलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए। एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आर्थिक समृद्धिका योजनाहरु अगाडी बढाउन नीजि क्षेत्रलाई सरकारले सँगै लिएर हिड्नुपर्ने बताए । एकिकृत समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारीले नीजि क्षेत्रविना विकास र समृद्धि पुरा नहुने भएकाले नीजि क्षेत्रका समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध बन्नुपर्ने बताए ।

  • प्रकाशित मिति : फागुन २८, २०७८, शनिवार १७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८