• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसिसिको बिरोध गर्ने एमाले र माओवादीलाइ टिकट काटेर बालकोट र खुमलटार पठाउनु : गगन थापा

  • खबरदाता

एमसिसिको बिरोध गर्ने एमाले र माओवादीलाइ टिकट काटेर बालकोट र खुमलटार पठाउनु : गगन थापा

 

फागुन २७,२०७८

चितवन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमसिसिको बिरोध गर्ने एमाले र माओवादीका कर्याकर्तालाइ बसको टिकट काटेर बालकोट र खुमलटार पठान भनेका छन।

नेपाली काङ्ग्रेस चितवनको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले संसदबाट पारित गरिएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनवारे गलत हल्ला फिँजाउने एमाले र माओवादीहरुलाई बालकोट र खुमलटारका बा हरुलाइ सोध्न पठाउनु पर्ने बताएका हुन।

उनले भने ,एमालेका साथीले बढी बोले भने प्रस्ट भन्ने- हामीसँग बढी बोल्ने होइन।चितवनबाट टिकट काटिदिने, बसमा हालेर काठमाडौं पठाउने, त्यहाँबाट सरासर बालकोट जा भन्ने, त्यहाँ गएर आफ्नो बालाई सोध भन्ने,’ उनले भने, ‘माओवादीका साथीले बढी बोले भने उनीहरु आली मोटा होलान जहाजको टिकट काटिदिए पनि हुन्छ। काठमाडौं खुमलटार गएर बालाई सोध भन्नु हिजो सम्झौता किन गरेको भनेर।’

भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले एमसिसि पास हुदैमा अमेरिकी सेना नेपाल आउँछ भनेर भ्रम फैलाइएको कुरालाइ काङ्ग्रेसले जनता सम्म पुगेर यसका फाइदा बारे बुझाउन सक्नु पर्ने बताए । उनले अहिले एमसिसि बारेमा बिरोध गर्दै आएको एमालेका पालामै करोडौं रकम खर्चेर एमसिसिको सम्पुर्ण काम सकिएको बताउँदै अहिलेको सरकारले सोही कुरालाइ निरन्तरता दिएको बताए ।

कम्युनिष्ट पार्टीहरूले जनतामा भ्रम छरेर उत्तेजना पैदा गरेको उनको आरोप थियो।

क्षमताभन्दा बढी ऋण लिए श्रीलंका जस्तो अवस्था हुने भन्दै त्यसप्रतिपनि सचेत रहेको र अहिले नेपालको आर्थिक स्रोत कम भएकाले अनुदान लिनु स्वभाविक भएको बताए । अवको पाँच वर्षपछि अहिले सेना आउँछ भन्नेहरुको घरघर पुगेर काँग्रेसले प्रश्न गर्न सक्नुपर्ने उनको भनाई थियो । भ्रम र उत्तेजनाको राजनीति गर्नेविरुद्ध कडा रुपमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

  • प्रकाशित मिति : फागुन २७, २०७८, शुक्रवार २०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८