फागुन २६,२०७८
आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ।
अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना पहिले सफल प्रत्यारोपण गरिएको थियो।
केही दिनअघिदेखि उनको अवस्था कमजोर हुँदै गएको थियो। बाल्टिमोरमा उपचारका क्रममा ५७ वर्षीय बेनेटको मंगलबार ९ मार्च ८० मा निधन भएको चिकित्सकले बताएका छन्।
आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएका उनी विश्वको पहिलो व्यक्ति थिए। गएको जनवरीमा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरिएको हो। डेविडमा परीक्षणस्वरुप आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो।
डेविडको जीवन रक्षाका लागि एकमात्र अन्तिम विकल्प प्रत्यारोपण रहेको थियो। तर पनि प्रत्यारोपण गरिएको मुटुले उनलाई कति लामो जीवन दिन्छ भन्ने स्पष्ट थिएन। उनलाई सो कुरा जानकारी थियो।
आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु बेनेटमा प्रत्यारोपण गर्नका लागि युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकलाई विशेष अनुमति दिइएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८