• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

सनराइजको युवा रेडक्रस सर्कलद्वारा निशुल्क दन्त शिबिर

  • खबरदाता

सनराइजको युवा रेडक्रस सर्कलद्वारा निशुल्क दन्त शिबिर

 

फागुन २४,२०७८

चितवन –  भरतपुरमा रहेको सनराइज स्कुलले ४ सय बढी बालबालिकाको दन्त परिक्षण गरेको छ।

मंगलबार स्कुल परिसरभित्रै चितवन मेडिकल कलेज९ सिएमसि ०को सहयोगमा शिबिरको आयोजना गरिएको हो।

उक्त शिबिरमा सनराइज स्कुल लगायत स्थानीय चिसापानी, शिबालय,पिपल चोक,आदर्श ,सरस्वती र नवज्योति टोल बिकास संस्था भित्र रहेका ४ देखि १२ बर्ष सम्मका बालबालिकाको दाँतको उपचार गरिएको सनराइजको युवा रेडक्रस सर्कलले जनाएको छ।

सिएमसिका १२ जना डाक्टर तथा प्राबिधिक टोलिको समूहले दिनभर सेवा प्रदान गरेका थिए विभिन्न टोल बिकासका अध्यक्षहरुले सनराइजले गरेको कार्यको प्रसंस गरे।

शिक्षक अभिभावक संघका अध्यक्ष बिर्ख बहादुर अधिकारीले आगामी दिनमा पनि सनराइजले स्वास्थ्य सम्बन्धि यस्ता कार्य गर्दै जानु पर्ने बताए। सनराइजका प्रधानाध्यापक शिबकुमार बगालेले सबैलाइ स्वागत गरेका थिए।

  • प्रकाशित मिति : फागुन २४, २०७८, मंगलवार १७:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८