• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख

  • अन्य पत्रिका

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख

 

फागुन २४, २०७८

कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनामा नेपालमा १६ हजार ९७५ पर्यटक आएका छन् । गतवर्षको सो महिनामा ८ हजार ८७४ पर्यटक नेपाल आएका थिए ।

कोरोना संक्रमण घट्दै जाँदा पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक ९सीईओ० धनञ्जय रेग्मीले पछिल्ला महिनामा पर्यटक बढ्दै गएको बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : फागुन २४, २०७८, मंगलवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८