• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कहाँ जाँदैछ रेमिट्यान्स ?

  • अन्य पत्रिका

कहाँ जाँदैछ रेमिट्यान्स ?

 

फागुन २२, २०७८

केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउने क्रम बढेपछि यस्तो कदम चाल्नु परेको बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डी गर्ने र सोही रकम गाउँघरमा रहेका आफन्तलाई पठाउने धन्दा चलेपछि यस्तो निर्णय गर्नु परेको उनीहरूको भनाइ छ ।

कोरोना महामारी चरम उत्कर्षमा पुगेका बेलाको तुलनामा अहिले विप्रेषण आप्रवाह निरन्तर घट्दा वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रकम कहाँ जाँदै छ भन्ने प्रश्न उठ्न थालेपछि केन्द्रीय बैंक यस्तो निर्णय गर्ने अवस्थामा पुगेको बताइन्छ । यद्यपि यतिखेर विदेशमा रहेका नेपालीको आम्दानी नै घटेको हो वा नेपालमा विप्रेषण पठाउन कम गरेका हुन् भन्नेबारे यकिन अध्ययन भने भएको छैन । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : फागुन २२, २०७८, आइतवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८