फागुन २१,२०७८
चितवन – राष्ट्रिय शक्ति नेपालले चितवनमा भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ। सनिवार चितवनको टाँडी स्थित दुर्गा मन्दिरको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएक थियो।
कार्यक्रमका संस्थापक केन्द्रीय अभियन्ता तथा चितवन जिल्ला सम्योजक कृष्ण लामाले राजसंस्थाको स्थापना, वैदिक सत्यसनातन हिन्दुराष्ट्र , अनि संघीयताको खारेजी नभए सम्म यो अभियान निरन्तर रुपमा चलिरहने बताए ।
त्यस्तै प्रमुख अथिति रहेका अभियानका सचिवालय सदस्य तथा केन्द्रीय अभियन्ता ध्रुब तिवारीले राज्य नागरिक प्रति उत्तरदायी नभएकोले यो संविधान ब्यालेटबाट नभएर शान्तिपूर्ण बाटोबाट च्यात्नु पर्ने बिचार व्यक्त गरे।
राम सिंह चौधरीले नैतिकवान,इमानदारी उत्तरदायी अनि जबाफदेही गुण यस अभियन्ताका सहयात्रीहरुमा हुनुपर्ने बताए। राष्ट्रिय युवाशक्ति नेपालका चितवन अध्यक्ष तथा केन्द्रीय अभियन्ता जीवन लामा, केशब जङ्ग पन्त लगायतले आफ्नो भनाइ राखेका थिए।
कार्यक्रम कृष्ण लामाको अध्यक्षतामा भएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८