फागुन १७,२०७८
नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसि ठिक भएको बताएका छन। तर एमसिसि पास गर्दा एमालेसंग कुनै सल्लाह नभएको उनले गुनासो गरे ।
उनले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका । कुनै पनि दातृ संस्था ,मित्र रास्ट्रसंग सहयोग र सहकार्य हुने तर पहिलेनै त्यस बारेमा छलफल हुनु पर्नेमा ओलीको जोड थियो।
कुनै सहयोग लिदै गर्दा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् ।
उनले भने, ुगठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।
आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष अोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला फैलाएको प्रति आपत्ति जनाए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८