• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

करणीको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

  • खबरदाता

करणीको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

 

फागुन १६,२०७८

जबरजस्ती करणी अभियोगमा लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।

सांसद बानियाँविरूद्ध जुम्लाकी ४० वर्षिय महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।बाकेकै अप्सरा होटेलमा लगेर जबर्जस्त कारणी गरेको आरोप लगाइएको छ।

पीडित भनिएकी महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानी पख जबरजस्ती करणी गरेको समेत उल्लेख गरेको प्रहरीले जनाएको छ।

सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेकाले पुष्ठि गरेको छ।

 

  • प्रकाशित मिति : फागुन १६, २०७८, सोमवार १६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८