• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसिसिमाथि आज छलफल : सुरक्षा कडा, छिमेकी जिल्लाबाट सुरक्षाकर्मी झिकाइयो

  • खबरदाता

एमसिसिमाथि आज छलफल : सुरक्षा कडा, छिमेकी जिल्लाबाट सुरक्षाकर्मी झिकाइयो

 

फागुन १५,२०७८

काठमाण्डौ – आज दिउसो १ बजे संसद बैठक बस्दै छ।आज बस्ने बैठकमा एमसिसिमाथि छलफल हुने भएपछि संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विभिन्न दल र संघसंस्थाहरुले एमसिसिको आन्दोलन गर्ने भएपछि बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ । तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ ।

एमसीसीको विषयलाई लिएर यो सडक खण्डमा लगातारजसो आन्दोलन भइरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाण्डौमा झिकाएर खटाएको छ ।

सत्ता गठबन्धनकै दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नै एमसीसीको विपक्षमा उभिँदा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । तर, एमसीसी पारित गर्न यी दुई दल सहमति नजिक पुगेकाले आजको अवस्था फर
क हुन सक्ने सम्भावना छ । सहमतिलाई औपचारिक रुप दिन माओवादी र एकीकृत समाजवादी छलफलमा जुट्दै छन् ।

  • प्रकाशित मिति : फागुन १५, २०७८, आइतवार ०२:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८