• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

युक्रेन आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शन

  • एजेन्सी

युक्रेन आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शन

 

फागुन १४,२०७८

युक्रेनमा गरेको सैन्य आक्रमणको विरोधमा रुसका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनअघि युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए । त्यसयता युक्रेनमा युद्ध जारी छ ।

रुसी आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ । रुस भित्रै पनि सर्वसाधारणले युद्धको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले पुटिनलाई युद्ध रोक्न आग्रह गरेका छन् ।

रुसका दुई ठूला शहर मस्को र सेन्टपिटर्सबर्गसहितमा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शन दबाउन प्रहरी ठूलो मात्रामा तैनाथ गरिएको छ । प्रहरीले १८ सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७८, शनिवार ०७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८