फागुन १३,२०७८
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका छन।
एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोट पुगेका हुन ।
देउवासँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की महामन्त्री गगन थापा र नेता पुर्णबहादुर खड्का पनि ओली निवास पुगेका छन।
प्रधानमन्त्री देउवाले यसअघि गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । संसद् बैठकबाट एमसिसि पास हुन नसकिरहँदा प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरूले भने यसलाई छिट्टै संसद्बाट पास गर्नुपर्ने भन्दै पहल गर्दैआएका छन् ।
यद्यपि सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाउँदै आएका छन् ।
एमालेले भने यस मुद्दामा प्रवेश गर्नुअघि एमालेले कारबाही सिफारिस सांसद्हरूको विषयमा छलफल गर्नुपर्ने भन्दैआएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८