• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काङ्ग्रेसले भन्यो : गठबन्धनको औचित्य सकियो

  • खबरदाता

काङ्ग्रेसले भन्यो : गठबन्धनको औचित्य सकियो

 

फागुन १२,२०७८

सत्ता गठबन्धनको प्रमुख दर काङ्ग्रेसले गठबन्धनको औचित्य सकिएको बताएको छ।

बिहीबार संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले उक्त निर्णयमा पुगेको हो।

शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विषयले गठबन्धनमा समस्या भएको दाबी गरे।

उनले भने, ‘एमसिसीको विषयमा समाधान धारणा नभएपछि गठबन्धन धरापमा परिसक्यो। यसमा छलफल गरिरहन परेन। यसमा समस्या आइ नै सक्यो भन्ने निष्कर्ष छ। अब गठबन्धनमा रहेका दलहरुबीच यो विषयलाई अन्देखा गरेर अरु विषयमा मिलेर जाऊँ भन्ने कुरा रहँदैन।’

संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति र एमाले अध्यक्ष केपी ओलीले एमसिसी पारित गरेर जाने विषयमा छलफल गरेका हुन्।

एमालेसँगको छलफल सकारात्मक भएपछि बिहीबार संसदमा एमसिसीमाथि हुने छलफल सरकारको आग्रहमा रोकिएको छ। अब ओली र देउवाबीच पार्टीमा आन्तरिक छलफल गरेर साँझ फेरि भेटवार्ता हुने थापाले जानकारी दिए।

  • प्रकाशित मिति : फागुन १२, २०७८, बिहीवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८