• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

बैठक स्थगित पछि देउवा र ओली छलफलमा

  • खबरदाता

बैठक स्थगित पछि देउवा र ओली छलफलमा

 

फागुन १२,२०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी छन । आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन । छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा छन भने एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन । एमसिसीमा सत्तारुढ दलबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेसँग छलफल गर्दै आएका छन। प्रतिनिधिसभाको बैठक यही फागुन १३ दिउँसो १ बजे बस्ने भएको छ ।

  • प्रकाशित मिति : फागुन १२, २०७८, बिहीवार १०:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८