• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

बालुवाटार भेटमा देउवाले पाएनन् ओलीको साथ

  • खबरदाता

बालुवाटार भेटमा देउवाले पाएनन् ओलीको साथ

फागुन १०,२०७८

 

प्रधानमन्त्री शेरबहादर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भएको छलफल सकिएको छ।

देउवाले प्रतिनिधि सभामा टेबल भएको एमसीसी पास गर्न सघाउन ओलीलाइ आग्रह गरेका थिए। तर देउवाको उक्त आग्रहलाइ गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले अस्वीकार गरेका छन् ।

मंगलबार साँझ भएको भेटवार्तामा देउवालाइ ओलीले संसद चल्ने बाताबरण बनाउन भनेका थिए।

ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको बताइएको छ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए ।

  • प्रकाशित मिति : फागुन १०, २०७८, मंगलवार १५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८