• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडे हुन्छ : महामन्त्री थापा

  • खबरदाता

एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडे हुन्छ : महामन्त्री थापा

फागुन १०,२०७८

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडेर जादा हुने बताएका छन।

चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा उनले सो कुरा बताएका हुन।

सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावमा सहमत पनि नहुने भए सरकारमा किन बस्ने उनले प्रश्न गरे।

सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने उनको भनाइ थियो ।सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने उनको भनाइ थियो ।

उनले भने ,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।”

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उहाँले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे । एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए।

उनले भने ,“यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसिसीका पक्षमा छ । ”

सडकमा रहेका जनतालाइ सबै पार्टीहरुले एमसिसिको बारेमा बुझाउन सक्नु पर्ने उनको धारणा थियो। काङ्ग्रेस पार्टी यो कुरा बुझाउन जनता सम्म पुग्ने उनले बताए।

  • प्रकाशित मिति : फागुन १०, २०७८, मंगलवार ११:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८