फागुन ९,२०७८
चितवन । माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चितवनमा गृहमन्त्रीको पुत्ला दहन गरेको छ।
सोमबार सांझ उक्त संगठनको बिरेन्द्र बहुमुखी क्याम्पस इकाइले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को बिरोध गर्दै भरतपुरको बिरेन्द्र क्याम्पस गेट अगाडी पुत्ला दहन गरेको हो । जबर्जस्त एमसिसि संसदमा पेश गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ‘राष्ट्रघाती एमसिसि चाँहिदैन, देश बेच्न पाइदैन, हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रघाती नेता मुर्दाबाद, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसिसि फिर्ता गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा अखिल क्रान्तिकारी बाग्मती प्रदेशका प्रमुख सुरज सिह ठकुरीले सम्बोधन गर्दै एमसिसि पारित भए आफुहरु जस्तो सुकै संघर्शका कार्यक्रम गर्न पनि तयार रहेको बताए । उनले कुनैपनी हालतमा देशमा एमसिसि पारित गर्न नहुने बताएका थिए ।
माओवादीले सरकारलाइ एमसिसि संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो भने निकटका संगठनहरु भने सडकमा आन्दोलन गरिरहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८