• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित

  • खबरदाता

पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित

फागुन ९,२०७८

पोखरा विश्वविद्यालयका ११ हजार बढी विद्यार्थी दीक्षित भएका छन।

विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयको १७ औँ दीक्षान्त समारोहमा २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ ।

दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ४९४, स्नातकतहमा दुई हजार ५२१ र स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा ८४ र स्नातकतहमा एक हजार १४ जना छन् ।

यसैगरी मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गतको एमफिल तहमा ९७ , स्नातकोत्तरतहमा ९३ र स्नातकतहमा ५७ तथा व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा एक हजार ६९६ र स्नातकतहमा पाँच हजार २०५ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने तीन जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने आठ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने १६ विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो ।

  • प्रकाशित मिति : फागुन ९, २०७८, सोमवार ०३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८