• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

नाबालिका जबरजस्ती करणी अभियोगमा भरतपुरबाट एकजना पक्राउ

  • खबरदाता

नाबालिका जबरजस्ती करणी अभियोगमा भरतपुरबाट एकजना पक्राउ

 

फागुन ८,२०७८

चितवन – नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् । उनलाइ ६ वर्षिय बालिकालाइ करणी गरेको अभियोगमा प्रहरीले सनिवार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई पक्राउ गरिएको हो । नाबालिकाकी आमाले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दर्ता गराएकी छन ।

पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

  • प्रकाशित मिति : फागुन ८, २०७८, आइतवार १३:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८