• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

युक्रेनी राष्ट्रपतिले भने: फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्छ


युक्रेनी राष्ट्रपतिले भने: फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्छ

२०७८,३ फागुन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् ।
युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।
जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।“ उल्लेख गरेकान छन् ।
उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएको छ । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।
रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।
युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ूछिटो र गम्भीर लागतू लाग्ने बताएका थिए ।
बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि ूअब कुनै पनि दिनू आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।रासस

  • प्रकाशित मिति : फागुन ३, २०७८, मंगलवार ०७:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८