फागुन ३,२०७८
बुधबार बस्ने भनिएको प्रतिनिधि सभा बैठकका सरकारले एमसिसि टेबल गर्ने भएको छ।
यसै बिषयलाइ लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाइ कार्यब्यबस्था बैठक बोलाउन अनुरोध गरेका छन।
नेपाली काँग्रेसको संसदीय दलको बैठकबी चलिरहेकै बेला सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन देउवाले आग्रह गरेका हुन।
बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।
कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेका हुन।
यता, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले पनि मंगलबार नै सभामुख सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । सो बैठकमा एमसीसीको कुरा उठाउने आफूहरुको तयारी रहेको बडुले रातोपाटीलाई बताए । उता, सभामुख सापकोटाले पनि दलहरुबीच सहमति भए आफूले एमसीसी टेबल गर्न नरोक्ने बताइसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८