फागुन ३, २०७८
कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा। गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।
समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै प्रतिवेदनमा के छ भनेर आफूले पनि हेर्न नपाएको बताए । मन्त्री खतिवडाले भने, “मङ्गलबार सचिवलाई प्रतिवेदन दिने र केही दिनभित्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।” आफूले प्रतिवेदन बुझे पनि अध्ययन गर्न भने नपाएको उनको भनाइ छ । आजको गोरखापत्र पत्र दैनिकमा समाचार छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८