फागुन १,२०७८
राष्ट्रिय प्रजान्त्र पार्टीबाट केहि समय अघि मात्र अलग भएका कमल थापा राप्रपाको अध्यक्ष बनेका छन।
निर्वाचन आयोगमा लाक्पा शेर्पा अध्यक्ष रहेर पहिलेनै दर्तामा रहेको राप्रपाको थापा नयाँ अध्यक्ष बनेका हुन।
देशको धरातलिय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गरेको थापाले बताएका छन।
केही समयको आफु अलमलमा परे पनि पुनः आफ्नो घर फर्केको उनले बताएका छन । उनले यस कार्यमा सहयोग गर्ने र अहिले सम्म राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्वपूर्ण योगदान दिएका राप्रपा नेपालका नेता लाक्पा तामाङ प्रति आभार व्यक्त गरेका छन।
उनले विगतका त्रुटि, कमजोरीहरुबाट पाठ सिकेर तथा गल्तिहरु सच्याएर फेरी एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर पाएको बताउँदै बिचमा अवरुद्ध भएको यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढने उनले दाबी गरेका छन । बिज्ञप्तिमा उनले भनेका छन राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ूसम्बर्द्धनवादू को मुल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन।
राप्रपा नेपालको विरासतलाई निरन्तरता दिदै अबदेखि ूहिन्दुराष्ट्र, सुशासन र समृद्धिू राप्रपा नेपालको मुल एजेण्डा हुनेछ । जनताको भावना र देशको धरातलिय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरु, प्राथमिकताहरु र कार्यनीतिमा हामी समयानुकुल परिमार्जन गर्नेछौं।


गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८