फागुन १,२०७८
चितवन विश्व हिन्दू यूवा संघले चितवनमा राष्ट्रिय भेला गर्ने भएको छ।
आइतबार चितवनको भरतपुरमा आयोजित पत्रकार गर्दै संघले सो कुराको जानकारी गराएको हो। उसले आफ्नो स्थापना पछिको पहिलो राष्ट्रिय भेला फागुनको ८,९ र १० गते चितवनको देवघाट स्थीत बागेश्वरी आश्रममा हुने जनाएको छ।
साथै यहाँ हुने राष्ट्रिय भेलाले आगामी दिनहरुमा संगठनले योजना गर्ने र संगठनले यस अघि गरेका कामहरुको समिक्षा गरिने समेत जनाइएको छ।
यो भेलाले योगी नरहरीनाथले स्थापना गरेको पञ्चभाषा ९पाकृत, पाली, संस्कृत, नेपाली, जापानिज० विश्वविद्यालय संचालनका लागी आवश्यक निर्णय र तयारी समितिहरु निर्माण गर्ने छ।
गोरक्ष, गाई र गाँजाको रक्षा संरक्षण र सम्बंधन गर्दै देश व्यापी अभियान सञ्चालन गरेर आम नेपालीहरुलाई बुझाउदै समृद्ध गुरु राष्ट्र निमार्ण गर्ने अभियानलाई सफल बनाउन समेत भेलाले पहल गर्ने छ ।
साथै भेलाले देशभरी रहेका मौलिक मठ, मन्दिर, धर्म, संस्कार संस्कृति र मौलिक ज्ञान र सिपहरुको रक्षा गर्न र विज्ञान प्रविधि संग जोड्दै राष्ट्रलाई सम्बृद्ध राष्ट्र निर्माणको धाराणा प्रस्तुत गर्ने छ।
राष्ट्रको पहिचान झल्कने हाम्रो मौलिक शिक्षालाई सम्वृद्ध बनाउन रैथाने विश्वविद्यालय, वास्तुकला विश्वविद्यालय, पञ्चगव्य अध्यन अनुसन्धान केन्द्र, गोरक्षनाथ विश्वविद्यालय स्थापना र संचालन गर्न आवश्यक पहल गर्ने । लिपुलेक, कालापानि क्षेत्रमा व्यासधाम बनाउन आवश्यक पहल गर्ने लगायत सबै अभियानलाई सफल पार्न र संगठनलाई आम जनजनमा पन्याउनका लागी यो राष्ट्रिय भेलाबाट १००० केन्द्रीय सदस्यहरु निर्माण गर्ने र परिचालन गर्ने समेत अध्यक्ष ऋषिकेश जंग शाह द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८