• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आजदेखि मौसममा सुधार हुने तर केहि स्थानमा वर्षाको सम्भावना

  • खबरदाता

आजदेखि मौसममा सुधार हुने तर केहि स्थानमा वर्षाको सम्भावना

 

माघ २७,२०७८

आज बिहिबारदेखि मौसम सुधार हुने देखिएको छ भने केहि स्थानमा अझै बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पुर्वानुमा महाशाखाका अनुसार बिहिवार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदलि रहने र बाकी भागमा मौसम सफा रहने छ। महाशाखा अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।

मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम(बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र क्रमशः मौसममा सुधार आउँने महाशाखाको भनाइ छ।तर आजभन्दा भोलि अलि बढी बदली हुने सम्भावना रहेको छ।

  • प्रकाशित मिति : माघ २७, २०७८, बिहीवार ०१:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८