• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले चितवनमा चुनावनै भएन, अध्यक्षमा न्यौपाने सर्बसम्मत


एमाले चितवनमा चुनावनै भएन, अध्यक्षमा न्यौपाने सर्बसम्मत

२०७८,२६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।बुधवार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको एमाले चितवनले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । एमाले जिल्ला नेतृत्वको पदाधिकारीमा महिला, दलित र जनजातिले भने स्थान पाएका छैनन् । यसअघि नेकपा एमाले नेतृत्व पार्वती रावलले गरेकी थिइन् । सपथग्रहण कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना गरिएको छ ।

  • प्रकाशित मिति : माघ २६, २०७८, बुधवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८