• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’

  • खबरदाता

गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’

माघ २६,२०७८

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक जना २३ वर्षपछि समातिएका छन।

२०५५ सालको कात्तिक २८ गते गैंडा मारेको अभियोग प्रमाणितका कृष्ण प्रसाद न्यौपानेलाइ काठमाडौंबाट पक्राउ गरिएको हो।

उक्त मुद्दामा निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडालाइ पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका(२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई भने २३ वर्षपछि मात्र नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए।

निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए। न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए।

नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र माघ १७ गते रिपोर्ट नेगेटिभ आएपछि १८ गते जिल्ला कारागार भरतपुर पठाइएको पौडेलले बताए।

  • प्रकाशित मिति : माघ २६, २०७८, बुधवार ०५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८