आज १४ प्रतिशतमा संक्रमण।
माघ २४ ,२०७८
चितवन । एकै दिन १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो चौबीस घन्टामा ६ हजार १४६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख १५ हजार ४८९ रहेको छ ।
हाल सम्म संक्रमित हुनेको कुल संख्या ११ लाख २ हजार २५९ पुगेको छ।
देश भर ७८७४ को पिसिआर परिक्षण गर्दा १०२२ र ३४९१ जनाको एन्टिजेन परिक्षण गर्दा ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ४० हजार १११ सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १३७ रहेको छ।
कोरोनाका कारण आज १३ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८२७ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८