• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कंचनपुरका ६० हजार विद्यार्थीलाई पूर्ण खोप

  • रासस

कंचनपुरका ६० हजार विद्यार्थीलाई पूर्ण खोप

 

माघ २४,२०७८

कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरुमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । “सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौँ”, कुवँरले भने, “केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।”

त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके”, उनले भने, “भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।”

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म २०८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २४, २०७८, सोमवार ११:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८