• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ

  • रासस

सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ

 

माघ २४,२०७८

नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजारको फारम भर्न लगाई रकम लिई ठगी गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका व्यक्तिले आफूहरु भूमि आयोगबाट आएका मान्छे भएको र सुकुम्वासीहरुलाई जग्गा वितरण गर्छौं, फारम भर्नुपर्छ भन्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फारम भर्न लगाई पैसा असुल गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने।

प्रहरीले पक्राउ गरेका व्यक्तिसँग ल्यापटप एकथान, चार्जर एकथान, प्रिन्टर एकथान, मोबाइल दुई थान, स्पिकर एकथान र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फाराम बरामद गरेको छ। पक्राउ परेका व्यक्तिसँग थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

  • प्रकाशित मिति : माघ २४, २०७८, सोमवार ११:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८