• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसीसी बारे बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै

  • खबरदाता

एमसीसी बारे बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै

 

माघ २३,२०७८

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन ।

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन । उनीहरुबीचमा एमसीसीलाइ कसरी टेबल गराउने भन्ने बारेमा कुराकानी हुने बताइएको छ।

साथै स्थानीय निर्वाचनको मिति सम्बन्धि पनि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २३, २०७८, आइतवार ११:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८