माघ २२,२०७८
चितवन । चितवनको भरतपुर महानगरपालिका–३ स्थिति नारायणगढको कमलनगमा शव भेटिएको छ।
अन्दाजी ४०/४५ बर्ष उमेरको पुरुष स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। तर हाल सम्म मृतकको पहिचान हुन नसकेपछि मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले शव पोष्टमार्टमा लागि भरतपुर अस्पतालको शवगृहमा पठाएको छ।
घटनास्थल तथा शवको जाँच मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सकिएकाले उक्त हुलिया भएको व्यक्ति कोही कसैले चिनेमा निजको आफन्त वा प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको चितवन प्रहरी प्रवक्ता नरिहरी अधिकारीले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८